काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ ललितपुर क्षेत्र नंं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)को जित सुनिश्चित भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की विजयी नजिक पुगेकी हुन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार तोसिमाले १४ हजार २०८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। 

तोसिमाले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृत खड्का ५ हजार ९८५ मतान्तरले पछि पारेकी छन्। खड्काले ८ हजार २२३ मत प्राप्त गरेका छन्। 

यस क्षेत्रमा माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत मात्र प्राप्त गरेकी छन्।