काठमाण्डौ । ललितपुर महानगरपालिकाको वडा नं. २० ले आफ्ना वडावासीका लागि सेयर बजारसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ। 

वडा नं. २० ले स्थानीय बासिन्दालाई लक्षित गरी ७ दिने सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो।

तालिममा सहभागी वडा नं. २० स्थानीयलाई यही चैत ८ गतेभित्र आफ्नो नागरिकताको प्रतिलिपिसहित आफ्नो नाम वडा कार्यालयमा आएर दर्ता गराउन आग्रह गरेको छ।