काठमाण्डौ । ललितपुर महानगरपालिकाको उपमेयर पदमा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारभन्दा नेपाली कांग्रेसको रुख चिह्नमा दोस्रो धेरै मत परेको छ। 

सत्ता गठबन्धनले ललितपुर महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन्। कांग्रेसले उपमेयरमा उम्मेदवारी नदिए पनि रुख चिह्नमा ३११ मत खसेको छ। जब कि गठबन्धनबाट उपमेयरमा आधिकारिक उम्मेदवार माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १६७ मत पाएका छन्।

उता मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा पनि १० मत परेको छ।

हालसम्मको मत परिणामअनुसार ललितपुरको उपमेयरमा एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य ४२० मतका साथ अग्रस्थानमा छिन्। 

ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो मतान्तरका साथ अग्रस्थानमा छन्। उनले ८७७ मत ल्याएका छन्। एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४०२ मत पाएका छन्।