काठमाण्डौ । विद्युतको लाइन काटिएका धागो उद्योगका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । 

नेपाल विद्युत प्राधिकरणले दुई स्पिनिङ उद्योगको लाइन काटेपछि उद्योग बन्द हुँदा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । 

रोजगारदाता र विद्युत प्राधिकरणको द्वन्द्वका कारण श्रमिकको रोजगारीलाई असर गर्न नपाइने र श्रमिकको रोजगारीको ग्यारेन्टीको माग गर्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारको निर्देशनमा प्राधिकरणले बिजुलीको लाइन काट्दा उद्योग बन्द हुन गई करिब ६ हजार श्रमिककको रोजगारी गुमेको नेपाल धागो उत्पादक संघले जनाएको छ । उद्योग बन्द भएपछि कयौँ श्रमिक अलपत्र परेको र १ हजारले जागीर नै छाडिसकेका संघले दाबी गरेको छ । 
दैनिक ६ करोडको धागो उत्पादन तथा निर्यात हुँदै आएकोमा विद्युत लाइन काटिएपछि विदेशबाट उद्योगका अर्डरहरू धमाधम क्यान्सिल हुन थालेको संघले जनाएको छ । 

संघका अनुसार सरकारले उद्योगको विद्युत लाइन काट्दा मजदुरको रोजीरोटी खोसिनुका साथै सरकारले दैनिक ७८ लाख रुपैयाँ राजस्व गुमाउनु परेको छ । 

संघले सरकार तथा उद्योग सञ्चालन व्यवस्थापक छलफलमा बसी समस्याको समाधान गर्न संघ माग गरेको छ ।