काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले बिहीबार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयरमूल्य समायोजन गरेको छ । 
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना सेयरधनीहरुलाई ३४.४६ प्रतिशत बोनस सेयर दिने भएपछि नेप्सेले प्रतिकित्ता १ हजार १८७.७० रुपैयाँ सेयरमूल्य समायोजन गरेको हो । सेयरमूल्य समायोजनसँगै बिहीबारदेखि बजारमा यही मूल्यमा कम्पनीको सेयर कारोबार सुरु भएको छ । 

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई ३४.४६ प्रतिशत बोनस सेय र ३५.५४ प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन २४ गते हुने कम्पनीको साधारणसभाले लाभांश अनुमोदन गर्नेछ । 

साधारणसभा र लाभांश वितरणका लािग कम्पनीले साउन ९ गते बिहीबारदेखि बुक क्लोज गरेको छ । यसको अर्थ कम्पनीको साउन ८ गतेसम्म  कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउनेछन् । 
लाभांश वितरणपछि कम्पनीको चुक्तापुँजी बीमा समितिले निर्धारण गरेअनुसार २ अर्ब पुग्नेछ ।