काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसका कारण ९ महिनादेखि बन्द रहेको सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन आज मंगलबारबाट खुला भएको छ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अनलाइन आवेदन मंगलबार खुला भएको जानकारी गराएको हो। स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्ने व्यवस्था गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।
विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजदेखि राति १० बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। अनलाइन आवेदन दिन विभागको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा जानुपर्नेछ।
विभागको वेबसाइट खुलेपछि दाहिनेपट्टी अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्नुपर्छ। त्यसपछि पेजको सबैभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जानुपर्छ। नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू वा प्रतिलिपिमध्ये एउटा अप्सन रोजेर तल प्रोसिड लेखिएको वटनमा क्लिक गर्नुपर्नेछ।
त्यसपछि आफ्नो व्यक्तिगत विवरण भेरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छान्दै सबमिट गर्नुपर्छ। अनि त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जानुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19