काठमाण्डौ । देशका मन्त्रालयहरुमा कस्ता कर्मचारी बस्लान् ? अझ महत्वपूर्ण मानिने नेपालको गृह मन्त्रालयमा कस्ता कर्मचारी बस्दा हुन् ? मन्त्रालयमा बस्ने, त्यहाँको कामकाज सम्हाल्ने र त्यहाँका गतिविधि जनतामाझ लाने कर्मचारीहरु निकै संवेदनशील हुनुपर्ने कुरामा दुुई मत नरहला । तर गृहमन्त्रालयले आइतबार इशाई धर्मावलम्बीहरुको महान पर्व क्रिस्टमसको अवसरमा सार्वजनिक विदा दिने भन्दै निकालेको विज्ञप्तिले जगलाई हँसाउनुुसम्म हँसाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा अंग्रेजी क्यालेण्डर अनुसारको मितिमा गम्भीर त्रुटि भएको पाइएको छ । 

आइतबार पुस १० तदनुसार सन् २०१६ डिसेम्बर २५ तारिख हो, तर विज्ञप्तिमा पुस १० गते तदनुसार सन् २०१६ डिसेम्बर १० भनी गम्भीर गल्ती गरिएको छ । 

सार्वजनिक विदाको जानकारी दिने महत्वपूर्ण विज्ञप्तिमा यस्तो लापरबाही गृहमन्त्रालयबाट हुनुलाई सामाजिक सञ्जालमा लाजमर्दो कामको रुपमा टिप्पणी गरिएको छ । 

विज्ञप्तिमा नेपाल राज्यभर भन्ने शब्दावली राखिएकोमा समेत कतिपयले विरोध गरेका छन् । 

गृहमन्त्रालयको लाजमर्दो विज्ञप्ति यस्तो छ :