काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था अन्त र अनलाइनबाटै स्वयम् लाभकर घोषणा तथा गणना गर्न मिल्ने सिस्टमको परीक्षण अन्तिम चरणमा पुर्याएको छ ।
सिस्टम निर्माणसँगै देखिएका समस्याहरु पहिचान र समाधान गर्दै द्रूत गतिमा काम गरिरहेको सिडिएससीले भोलि(शुक्रबार) बेलुकासम्म परीक्षण सक्ने संसोधित लक्ष्य लिएको छ ।
यसअघि यो साताभित्रैबाट यो सिस्टम कार्यान्वयनमा आउने भनिए पनि परीक्षणको क्रममा केही समस्याहरु देखिएपछि त्यसलाई समाधान गर्दा समय लागेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमीटेडका प्रवक्ता सुरेश न्यौपानले साढे ५ लाख बढीले चलाउने सिस्टमलाई निकै मजबुत बनाउनुपर्ने र त्यति धेरै लगानीकर्र्ताको डेटाको समेत काम गर्नुपर्ने भएकोले समय लम्बिएको बताए ।
‘सिस्टम बनिरहेको छ, हामीले हरेक तरिकाले टेस्ट गरिरहेका छौ ।’ न्यौपानेले भने–‘हामीले बनाइरहेको सिस्टमको प्रयोगकर्ता र डेटा धेरै छन् । साढे ५ लाख प्रयोगकर्ताले तत्काल चलाउने सिस्टम हो यो । एकैहप्तामा सबै कुरा बनाउन हामीलाई गाह्रो भएको हो । भोलिका दिनमा धेरै समस्या नआओस् भनेर हामीले गम्भीर बन्नुपर्छ ।’
उनले सिस्टमको परीक्षण यो हप्ताभित्र सक्ने गरी काम भइरहेको जानकारी समेत दिए ।
‘जेहोस्, भोलि(शुक्रबार) बेलुकासम्म सबै समस्या पहिचान गरी टेस्ट गर्यौ भने अर्को हप्ताबाट लगानीकर्ताले चलाउन पाउनेछन । तर, यो अवधिमा बगहरु आउनु भएन ।’–उनले भने ।
नेपाल धितोपत्र बोर्डले अघिल्लो केही निदअघि ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न सीडीएससीलाई लिखित निर्देशन दिएको थियो ।
स्रोतका अनुसार ‘मेरो सेयर’ पोर्टलको लगइन लिएका सेयर कारोबारीहरुले मात्रै पर्चेज सोर्स खुलाई ब्रोकरको सीएनएसमा आफैंबाट घोषित लाभकर पठाउन पाउने व्यवस्था गर्न लागिएको हो ।
यो व्यवस्था अन्तर्गत २०७२ पछि डिम्याट भएका सेयरको विवरण अटोमेटिक हुने भए पनि सिस्टममा स्रोत नखुलेको हकमा लगानीकर्ताहरुले कारोबार नम्बर वा रकम घोषणा गर्नुपर्ने हुन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago