काठमाण्डौ । नियामक र बजारका सरोकारवालासहित बसेको सर्वपक्षीय बैठकले तय गरेको भारित लागत औसत विधिको मोडल नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र सिडिएससीको बोर्ड बैठकले हिजो अनुमोदन गरेको छ ।
हिजो नै नेप्से र सिडिएससीको बोर्ड बैठकले धितोपत्र बोर्डमा भएको आन्तरिक सहमति मुताविक नै भारित औसत लागत गणना विधिको मोडल पास गरेको नेप्सेका सीइओ चन्द्रसिंह साउदले जानकारी दिए ।
शुक्रबार बोर्ड निर्णयलाई धितोपत्र बोर्ड पेश गरिसकिएको साउदको भनाइ छ ।
‘लाभकर गणनाको विषयमा भएको गञ्जागोल अवस्थाले अति संवेदनशीलतालाई ध्यानमा राख्दै तुरुन्त बोर्डले पास गरेको हो।’–साउदले बिजशालासँग भने ।
यसैबीच सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले धितोपत्र बोर्डमा भएको सर्वपक्षीय सहमति मुताविक भारित औसत लागत गणना विधि अर्थमन्त्रालयबाट स्वीकृत भए सिडिएससीले एक हप्ताभित्र आवश्यक सिस्टम बनाई लगानीकर्ताहरुलाई सहज हुने गरी व्यवस्थापन मिलाउनेछ ।
गत बुधबार नेपाल धितोपत्र बोर्डमा नेप्से, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र पाँच वटै लगानीकर्ता संघसंगठनका अध्यक्षहरुसहितको बैठक बसेको थियो ।
सो बैठकले २०६४ साउन ३० गतेदेखि २०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाई भारित मूल्य निर्धारण र सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने र यो निर्णय आफ्ना आफ्ना बोर्डबाट अनुमोदन गराई अर्थमन्त्रालयमा सिफारिस गर्ने सहमति भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago