काठमाण्डौ । सेयर लगानीकर्ताहरुले लाभांश वितरणमा हुने गरेको ढिलासुस्तीको समस्या समाधान गर्न माग गरेका छन्।

प्रदेश ५ सेयर लगानीकर्ता फोरमले एक विज्ञप्ति जारी गर्दै कम्पनीहरुले नगद लाभांश र बोनस सेयर खातामा पठाउन ढिलासुस्ती गरेको भन्दै समस्या समाधान गर्न माग गरेको हो। सम्बद्ध निकायहरुले यस विषयमा समयमै अनुगमन र नियामकीय भूमिका परिचालन गर्दै यथाशीघ्र समाधान गर्नसमेत फोरम माग गरेको छ। 

यसैगरी फोरमले आईपीओ तथा एफपीओमा लगानीकर्तालाई निःशुल्क सि–आस्बा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग माग गरेको छ। 

आमलगानीकर्ताको सहभागिता र प्रविधिमैत्री संयन्त्रको विकासले कर्मचारी, समय र खर्चको बचत भएकोले यसलाई मध्यनजर गरी अन्य बैंक तथा वित्तीय संस्थाहरुले आवेदकहरुसँग लिँदै आएको सि–आस्बा शुल्कलाई समेत निःशुल्क कायम गर्न फोरमले आग्रह गरेको छ।