काठमाण्डौ । मर्जर प्रयोजनका लागि लामो समयदेखि दोस्रो बजारमा कारोबार रोक्का रहेको हिमालयन बैंकको साधारण सेयरको कारोबार फुकुवा भएको छ। 

नेपाल इन्भेस्मेन्ट बैंकसँगको मर्जर प्रयोजनका लागि गत २०७८ वैशाख ३१ बाट दोस्रो बजारमा यो बैंकको सेयर कारोबार रोक्का थियो। मर्जर भाँडिएपछि लामो समयदेखि रोक्का रहेको हिमालयन बैंकको सेयर आजबाट कारोबारमा आएको हो। यसअघि इन्भेस्टमेन्ट बैंकको सेयर कारोबारमा आइसकेको छ। 

कारोबार खुलेको पहिलो दिन नै हिमालयन बैंकको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ। कारोबार खुलेको पहिलो घन्टामै नकारात्मक सर्किट लागेको हो। 

यो समाचार तयार पार्दासम्म हिमालयन बैंकको सेयरभाउमा ९.९९ प्रतिशतको गिरावट आएको छ। सेयरभाउ ३९.८५ रुपैयाँले घटेर ३५८.९० रुपैयाँमा झरेको छ।