काठमाण्डौ । लामो समय बन्द रहेको धितोपत्र बजार आज सोमबारदेखि पुनः खुल्ने भएको छ।
विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउन गत असार १ गतेदेखि केही खुकुलो पारिएको छ। तर धितोपत्र बजार खुल्न सकेको थिएन।
गत वैशाख ३० र ३१ गते २ दिन बजार खुले पनि भारी गिरावट आएको थियो। त्यसपछि पुनः बजार बन्द गरिएको थियो। लामो कसरतपछि आजबाट बजार पुनः खुल्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई बजार सञ्चालन गर्न निर्देशन दिएको थियो। बोर्डको निर्देशनपछि कोरोना रोकथाम तथा नियन्त्रणका मापदण्डलाई ध्यानमा राखेर धितोपत्र बजार खोल्न लागिएको नेप्सेले स्पष्ट पारेको छ।
आजबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित ४ घन्टामात्रै खुल्ने नेप्सेले जनाएको छ। धितोपत्र कारोबार, सर्किट ब्रेकर, कारोबार सीमालगायत व्यवस्थाहरु भने लकडाउनअगावैकै पूर्ववत अवस्था भएको नियम कायम हुने नेप्सेको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago