काठमाण्डौ । लालपुर्जा तपाइँको हातमा होाल । तर लापुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहेका त छैनन् ।

लालपुर्जा हातैमा छ भनेर ढुक्क नहुनुहोस्, किनभने जग्गा कतै मालपोत कार्यालयमा भित्रभित्रै कागज लिाएर तेस्रो पक्षसँग बेचिदिन पनि सक्छन् । बितेको एक सातामा चितवनमा २ वटा यस्ता घटना भएका छन् ।

मालपोत कार्यालयमा किर्ते काम गरी जग्गा किनबेच गर्नेको चहलपहल बढेको छ ।

बुधबार मात्रै मालपोत कार्यालयमा माडी कल्याण्डपुरको १ बिघा जमिन किनबेचमा एउटा गिरोह मालपोत पस्यो । तर कर्मचारीले जग्गा किनबेचमा आशंका राखी दुईवटा प्रश्न सोध्ने बित्तिकै ती व्यक्ति फरार भए ।आजको कारोबार दैनिकमा खबर छ ।

कर्मचारी उनीलाई खोज्न थाले तर मापोतको भीड छिचोल्दै ती व्यक्ति क्षणभरमै मालपोतबाट बाहिरिए ।

‘झण्डै साढे दुई करोड पर्ने जग्गा भूमाफियाले बेच्ने तरखर गरेका रहेछन्,’ मालपोत कार्यालय भरतपुरका अधिकृत दिवाकर पौडेलले भने, ‘धन्न बेलैमा कर्मचारीले शंका गरेछन् र ठूलो घटना हुनबाट जोगियो ।’

घटना लगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले ती व्यक्तिलाई खोजी गरिरहेको बताइएको छ ।

जग्गा किनबेच गर्दा बेच्ने भन्दा किन्ने पक्ष बढी सचेत हुनुपर्ने देखिएको पौडेल बताउँछन् ।

यसै गरी चितवनको दारेचोक गाविसको एउटा जग्गा असम्बन्ति व्यक्तिmले आफ्नो नाममा पार्न लागि मालपोत आएकी थिइन् । ‘शंका लागेर गाविस सचिवलाई सोध्यौँ उनले भनेको जग्गा धनी र मालपोत आउने व्यक्ति फरक थिए,’ मापोत कार्यालयका सूचना अधिकृत हरिकृष्ण सुवेदीले बताए।

सम्बन्धित जग्गाधनीलाई खबर गरेपछि उनी मालपोत आएर जग्गा आफ्नो नामम भएको किटान गरेर गएका छन् ।

लालपूर्जाको नक्कल, हस्ताक्षर चोरी, फोटो संकलन आदिबाट गिरोहले जग्गाधनीले थाहा नै नपाई जग्गा बेच्ने गरेका छन् ।