काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले सुदूरपश्चिम प्रदेशको लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।
कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोपचारसम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत प्रतिशत छुट प्राप्त गर्न सक्निेछन्।
यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago