काठमाण्डौ । ग्रिन भेन्चर्स प्रालिले लिखु खोला हाइड्रोपावरको निष्कासन गर्न लागेको आईपीओको सेयर प्रत्याभूतिकर्ताका रुपमा नागरिक लगानी कोष (सीआईटी) नियुक्त भएको छ।

यस विषयमा ग्रिन भेन्चर्स र सीआईटीबीच हिजो मंगलबार सम्झौता भएको छ। सम्झौतापत्रमा सीआईटीका कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चर्सका वित्त प्रमुख अनिल अग्रवालले हस्ताक्षर गरेका छन्। 

अब सीआईटीले यो आईपीओको सेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्नेछ।

कम्पनीको जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको गरी जम्मा ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ६२ करोड ५० लाख रुपैयाँको सेयर निष्कासन गर्नेछ। 

रामेछाप र ओखलढुंगा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत् उत्पादन गर्ने कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जनाएकोछ।