काठमाण्डौ । लिङ्ग्वा क्यापिटलले सम्बन्धित स्टक ब्रोकर र प्रभू क्यापिटलसमक्ष माफी मागी कम्पनी बन्द गरेको छ ।

बिजशालामा शुक्रबार लिङ्ग्वा क्यापिटलको ठगीको विषयमा समाचार प्रकाशन भएपछि यस विषयमा सम्बन्धित ब्रोकर सुमेरु सेक्युरिटीज र प्रभू क्यापिटल दुवैले लिङ्ग्वा क्यापिटलका सञ्चालकलाई कानूनी प्रक्रिया अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने भनेपछि लिङ्ग्वा क्यापिटलका सञ्चालकले अब उप्रान्त गैरकानूनी काम नगर्ने र ब्रोकर तथा क्यापिटलको नाम नजोड्ने भन्दै माफी मागेका छन् । 

लिङ्ग्वा क्यापिटलका सञ्चालक पेमा तामाङले सेयर बजारको संवेदनशीलता बारे नबुझेको र आफूले गलत काम गरेको महसुस भएको र माफी मागेका भन्दै बिजशालाको सम्पर्कमा आइपुगेका छन्।

लिङ्ग्वा क्यापिटलका सञ्चालक तामाङले अब उप्रान्त ब्रोकर कम्पनी र क्यापिटलको नाम जोडेर विज्ञापन नगर्ने र फण्ड म्यानेजमेन्ट सेवा पूर्ण रुपमा बन्द गरिएको दाबी गरे । 

उनको यो दाबीसँगै लिङ्ग्वा क्यापिटलको विज्ञापन पोष्ट भएको फेसबुक पेज तथा पोस्टहरु सबै हटाइएका छन् । फेसबुक पेज पनि निस्क्रिय पारिएको छ ।