security board of nepal
काठमाण्डौ । झूठा विवरणको आधारमा डीपी एकाउण्ट खोली सेयर कारोबार गरेको भन्दै धितोपत्र बोर्डले धितोपत्र दलाल तथा निक्षेप सदस्य लिञ्च स्टक मार्केट लिमीटेडलाई कारबाही गरेको छ ।
बोर्डमा परेको उजुरीको आधारमा छानबिन गरिएको र सो क्रममा लिञ्च स्टक मार्केट लिमीटेडले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचबुझ गरेको नदेखिएको र ग्राहक परिचय विवरणमा त्रुटि देखिएकोले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) व्यवस्था पालना गरेको नदेखिएकोले सो कम्पनीलाई पचास हजार रुपैयाँ आर्थिक जरीवाना गरिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः पूर्ण विवरणसहितको अभिलेख राख्नुपर्ने, निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरेपछि मात्र धितोपत्र खाता खोल्ने, हितग्राही खाता खोल्नुभन्दा अगाडि बोर्ड÷केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरे बमोजिमको लगानीकर्ता पहिचान प्रक्रिया पूरा गर्नुपर्ने तथा ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट कागजात तथ्याङ्क वा जानकारीका आधारमा खाता खोल्ने वा व्यवसायिक सम्बन्ध स्थापना गर्नुपर्ने बोर्डले व्यवस्था गरेको छ । तर, यो व्यवस्थाविपरीत लिञ्च स्टकले झुठा विवरणको आधारमा डिपि एकाउन्ट खोली सेयर कारोबार गरेको फेला परेको हो ।
बोर्डले बजारमा भएको विकाससंगै नियमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने क्रममा धितोपत्र सम्बन्धी कानुनको परिपालनालाई थप कडाई÷सशक्त बनाउँदै आएको विज्ञप्तिमा भनिएको छ । यस्ता कारबाहीबाट धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय संचालनगर्दा प्रचलित कानुनको व्यवस्थाहरुको पालना सम्वन्धमा थप सजग गराउने, ग्राहक पहिचान तथा विवरण अभिलेख कार्यलाई अझ व्यवस्थित बनाउने र लगानीकर्ताको हक हित संरक्षण गर्दै दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको दाबी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago