काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। 

गत असोज १८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथ अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

खरिद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।