काठमाण्डौ । लिवर्टी इनर्जीको आइपीओ बाँडफाँड भएको छ । 
 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो । आइपीओको प्रि अलोटमेन्ट शुक्रबार नै भएको थियो । 

यो कम्पनीको आइपीओमा कुल १ लाख ८८ हजार ४९९ आवेदकबाट ५४ लाख ४२ हजार ५० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

यसमध्ये १३६ वटा आवेदनबाट ३ हजार ९६० कित्ता माग गर्ने आवेदन रद्ध गरिएको क्यापिटलले जनाएको छ । 

बाँकी १ लाख ८८ हजार ३७३ आवेदनबाट ५४ लाख ३८ हजार ९० कित्ता सेयरका लागि आवेदन परेको थियो । यसरी आवेदन दिनेमध्ये १० कित्तादेखि ३० कित्तासम्म माग गर्ने सबैलाई मागअनुसारको सेयर उपलब्ध गराइएको छ । यस्ता आवेदक १ लाख ५१ हजार ८१५ रहेका र उनीहरुलाई माग बमोजिम कुल २२ लाख ५ हजार ८९० कित्ता सेयर बाँडफाँड गरिएको हो । ४० देखि १५ हजार कित्तासम्म सेयर माग गर्ने ३६ हजार ५५८ जनलााई माग बमोजिम सेयर नपुग भएकोले सबै आवेदकलाई ३० कित्ताको दरले १० लाख ९६ हजार ७४० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २ लाख ५६ हजार २०० कित्ता सेयरका लागि पुनः ४० देखि १५ हजारसम्म आवेदन दिने सबै आवेदकलाई एउटै समूहमा राखी १० कित्ताको दरले २५ हजार ६२० आवेदकलाई थप १० कित्ताको दरले गोलप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । यसरी हेर्दा २५ हजार ६२० लगानीकर्ताले ४० कित्ताको दरले सेयर पाएका छन् भने १० देखि ३० कित्तासम्म माग गर्ने सबैले माग गरेअनुसार तथा ४० देखि १५ हजारसम्म कित्ता माग गर्ने १० हजार ९३८ आवेदकले पनि ३० कित्ताको दरले मात्रै सेयर पाएका छन् । 

कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्कासन गरेको थियो । 

यो कम्पनीले भदौ ३ गतेदेखि ७ गतेसम्म आइपीओ बिक्री खुलाएको थियो ।