काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओमा शनिबारसम्म मागभन्दा बढी आवेदन परेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार शनिबारसम्म यो कम्पनीको आईपीओमा १ लाख ५० हजार बढी आवेदकले ५१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदका लागि आवेदन दिएका छन्। यद्यपि यकिन तथ्यांक भने निस्किनसकेको क्यापिटलले जनाएको छ। ‘भेरिफाई गर्ने काम भइरहेको छ। फाइनल डाटा आइसकेको छैन’, क्यापिटलले भनेको छ।
त्यसो यो कम्पनीको आईपीओ भर्ने आज आइतबार अन्तिम दिन रहेको छ। आज बैंकिङ समयसम्म आईपीओ भर्न सकिनेछ। आज साँझसम्म अन्तिम डाटा आउने क्यापिटलले जनाएको छ।
कम्पनीले गत भदौ ३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु. ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमेध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत) सेयर सर्वसाधारणमा निष्कासन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म रु. १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।
यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।
कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५% का दरले ३७ करोड ५० लाखबराबरको ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago