काठमाण्डौ । लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका ४ लाख कित्ता आईपीओ जारी गर्नेछ। 

कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटड नियुक्त भएको छ। यसम्बन्धमा दुवै पक्षबीच सम्झौता पनि भएको छ। 

एनआईसी क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आईपीओ जारी हुन लागेको हो। यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुग्न आवश्यक सम्पूर्ण परामश सेवा उपलब्ध गराउँदै आएको छ।