काठमाण्डौ । आज विशेष अधिवेशन बस्नुअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। 

पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष राजीनामा पेस गरेको हुन्। नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ। 

पोखरेलविरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेशसभामा छलफल हुने कार्यसूची थियो।

पोखरेल दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए। उनी २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए।