काठमाण्डौ । लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको छ। 

बैंकले आज एक सूचना प्रकाशित गर्दै ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी गराएको छ। यो सेयर खरिदका लागि इच्छुक योग्य सर्वसाधारण र संस्थाले आवेदन पेस गर्न सक्नेछन्। 

बैंकले संस्थापक सेयरधनीहरु युगराज रेग्मीको स्वामित्वमा रहेको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोखरेलको ४ हजार कित्ता यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरेको हो। 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।