Lumbini Bikash Kosh
काठमाण्डौ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारले मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ ।
रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका बस्नेतले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले नारायणघाट–मुग्लीन सडक खण्डअन्तर्गत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाल चेम्बर अफ कमर्शको छैटौँ विधान स्वीकृत गर्नुका साथै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको कार्यावधि थप गर्ने निर्णय भएको छ । “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय भएको छ”– प्रवक्ता बस्नेतले भन्नुभयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago