काठमाण्डौ । लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लुम्बिनी विकास बैंकलाई ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। 

लुम्बिनी विकास बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।