काठमाण्डौ । लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।
बैंकले जेठ १६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ १९ अर्थात आज बन्द हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब यो ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।
बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गरेको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला गरिएको छ।
कुल इकाइमध्ये ६० प्रतिशतले हुन आउने ६ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो। सर्वसाधारणका लागि जारी गरिने इकाइमध्ये सामूहिक लगानी कोषलाई २० हजार इकाइ सुरक्षित गरिएको छ। बाँकी ३ लाख ८० हजार इकाइमा लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
लुम्बिनी विकास बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19