काठमाण्डौ । लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएमा ३५ दिनभित्र कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ। 

अन्य इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाण्डौको डिल्लीबजारस्थित बैंकको मुख्यालयमा पेस गर्नुपर्नेछ।