काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर फागुन १४ गतेदेखि लिलाम बढाबढमार्फत बिक्री खुलाउने भएको छ। 

कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेको सर्वसाधारणसभा समूहतर्फ ९९ हजार ७२६ कित्ता सेयरका लागि आवेदन नपरेकोले लिलामी प्रक्रियामार्फत बिक्री खुलाउन लागेको हो। 

लिलामीमा राखिने सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।  यो कम्पनीको साधारण सेयरको मूल्य सोमबार प्रतिकित्ता ५३९ रुपैयाँ रहेको छ। 

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी सबै ९९ हजार ७२६ कित्तासम्मका लागि आवेदिन दिन सकिनेछ। 

लगानीकर्ताले बोलपत्र काठमाण्डौको डिल्लीबजारस्थित सिविआईएल क्यापिटल तथा सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीस्थित शाखाहरु पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति भने फागुन २१ गतेसम्म तोकिएको छ ।