– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अघिल्लो साता करिब ८० अंकले गिरावट आएको बजारमा आज सोमबार पनि भारी गिरावट आएको छ। बजारमा सबैतिर सकारात्मक समाचार प्रवाह हुँदा पनि लगानीकर्तामा उत्साह देखिएन।
करिब ३ महिनापहिले २९८० को विन्दुलाई छोएको बजारमा निरन्तर गिरावट आइरहेको छ। बजार घटेपछि बढ्ने र बढेपछि घट्ने स्वाभाविकै हो।
आज हामीले विभिन्न प्राविधिक औजारमार्फत यदि बजार घट्छ भने कति–कतिबाट सपोर्ट लिन सक्छ अथवा बढ्छ भने कहाँसम्म पुग्न सक्छ ? भनेर अध्ययन गर्ने कोसिस गरेका छौँ।
डाउ थेउरी र इलिअट वेभको संयुक्त विश्लेषणका आधारमा
डाउ थेउरीअन्तर्गत बजारले कति–कति विन्दुमा लोअर लो र हायर हाईको अवस्था बनाएको छ भनेर हेरिन्छ। अहिलेको बजारको अवस्थालाई डाउ थेउरीअन्तर्गत हेर्दा २५८० को विन्दुमा लोअर हाई बनाएपछि अब लोअर लोको अवस्था २३७० को विन्दुमा हुन सक्ने देखिन्छ।
अघिल्लोपटक पनि बजारले धेरैपटक यही विन्दुमा पटक–पटक सपोर्ट लिएका कारण अहिले पनि यही विन्दुमा बलियो टेवा पाउन सक्ने देखिन्छ (माथि मुख्य तस्बिरमा हेर्नुहोस् राउन्ड हाइलाइटमा)। यदि बजारले यही विन्दुमा सपोर्ट लिन्छ र २५०० को विन्दुभन्दा माथि जान्छ भने बजार बुलिस यात्रामा रहेको बुझिन्छ। तर, त्यो विन्दुभन्दा तल रहुन्जेल बजार अल्पकालका लागि बियरिस यात्रामा रहेको अनुमान लगाउन सकिन्छ। यदि बजार २३७० को विन्दुबाट फर्किन्छ भने बजारले माइनर डिग्रीको वेभ १ मा २५७५ को विन्दुसम्म र वेभ २ मा पुनः करेक्सन भएर २५१३ को विन्दुसम्म आउन सक्छ। वेभ ३ मा फेरि बढोत्तरीका साथ बजार २९९० को विन्दुसम्म, वेभ ४ मा पुनः करेक्सन भएर २८६० को विन्दुसम्म र वेभ ५ मा बढोत्तरीका साथ ३०८६ विन्दुसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
एमएसीडी, बोलिंगर ब्यान्ड, भोलुम र आरएसआईका आधारमा
एमएसीडीका आधारमा अहिले बजार बियारिस नै रहेको छ। गत २८ मार्चमा बियरिस क्रसओभर बनेको बजारमा अहिले पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर आज माथि लामो पुच्छरसहितको रातो क्यान्डल बनेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ। भोलुमको अवस्था सामान्य नै छ। लामो समयदेखि भोलुम बढ्न सकेको छैन।
बजारको आरएसआईको आहिलेको अवस्था ३० को जोनमा रहेको देखिन्छ। यो भनेको ओभर सोल्ड जोन हो। अघिल्लोपटक आरएसआईको न्यून विन्दु १९ सम्म पुगरे बजारले माथिको यात्रा तयार गरेको थियो।
इचिमोकु क्लाउडका आधारमा
इचिमोकु क्लाउडमा यदि मूल्यरेखा क्लाउडभन्दा माथि हुन्छ भने बुलिस र क्लाउडभन्दा तल मूल्यरेखा जान्छ भने बजार बियरिस भएको बुझिन्छ। हाल इचिमोकु क्लाउडअन्तर्गत बजारले गत २८ मार्चमा नै क्लाउड भन्दा तल गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले बजार बियरिस यात्रा तय गर्दै गरेको संकेत गर्छ। केही समय पहिला कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काट्न थालेको अथवा दुई लाइन नजिक–नजिक हुँदै गएको तर क्रसओभर हुन नसकेको देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– २५३५
प्रतिरोध २– २६०६
प्रतिरोध ३– २६६६
पिभट प्वइन्ट : २४७५
घटेमा सपोर्ट
सपोर्ट १– २४०४
सपोर्ट २– २३४५
सपोर्ट ३– २२७४
तस्बिर यहाँ राख्ने
निष्कर्ष
विभिन्न टुल्समार्फत बजारलाई नियाल्दा अल्पकालका लागि बजार बियरिस नै भएको देखिन्छ। पिभट प्वइन्ट २४७५ भन्दा तल झरेर बजारमा कारोबार हुनु तथा इचिमोकूमा पनि क्लाउड पोजिसभन्दा तल मूल्यरेखा झर्नुुले बजारको प्रस्ट बियरिस यात्रा देखिन्छ।
डाउ थेउरीअन्तर्गत बजारलाई हेर्दा हालको गिरावट लगभग २३७० मा बलियो टेवा लियर फर्किन सक्ने सम्भावना देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago