काठमाण्डौ। नेपालको पहिलो र एकमात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ।
विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्वसाधारणका लागि लाभदायी होस् भन्ने उद्देश्यले शिखरले सार्वजनिक गरेकोे ‘अटो प्लस’ नामक बीमा प्रडक्टको महत्व र यो पोलिसी लिनेहरुको संख्या बढिरहेको हो।
बीमा क्षेत्रकै नौलो र सवारीसाधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारीसाधन पुनस्र्थापना र दैनिक सवारी भाडा तथा यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्।
यो बीमालेख कार, जिप, मोटरसाइकल, स्कुटरजस्ता चारपाङ्ग्रे र दुईपाङ्ग्रे निजी सवारीसाधन हुनेले मात्र लिन सक्नेछन्। अटो प्लस बीमालेखको बीमाअवधि व्यापक सवारीसाधन बीमाको अवधिको समान छ। नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारीसाधनका लागिमात्र यो बीमा पोलिसी खरिद गर्न सकिन्छ।
जस्तो सवारीसाधन क्षति भई पार्टपुर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कनअनुसार भएको ह्रासकट्टीको रकममात्र कम्पनीले भुक्तानी दिन्छ।
यस्तै अटो प्लस बीमा गर्दा सवारीसाधन पुनस्र्थापनाअन्तर्गत सवारीसाधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारीसाधन उपल्ब्ध गराउँछ।
यसैगरी यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा तथा यातायात खर्चसमेत पाउनेछन्। जसमा आफ्नो सवारीसाधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिनसम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ। यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक–फरक हुनेछ। भाडादर पनि सवारीसाधनको मूल्यअनुसार फरक हुन्छ।
‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ०.१० प्रतिशतदेखि ०.५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ।
‘अटो प्लस’ मात्र नभई विगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलका रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बीमा पोलिसीहरु भित्र्याउने गरेको छ। अटो प्लस बीमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बीमा पोलिसी हो। हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु सञ्चालनमा छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago