काठमाण्डौ । दसैँ पनि सुरु भइसकेको छ । कतिपय दसैँ मनाउन घर जान थालिसकेका छन् । कति अझै पनि काममा वा पढाइमा व्यस्त होलान् ।

दसैँमा रमाइलो त गर्नुपर्छ नै । साथै आफ्नो पढ्ने बानी र लेखन अभ्यासलाई पनि फुर्सदको समयमा निरन्तरता दिनुपर्छ । जसले लोकसेवाअन्तर्गत विभिन्न निकायमा प्रवेश गर्नका लागि तयारी गरिरहनुभएको उहाँहरुले अझै घरमा बसीबसी तयारी निकै सहजताका साथ गर्न सक्नुहुन्छ । 

डिजिटल मिडिया ‘बिजशाला’ त्यस्ता जुझारु र लगानीशील प्रतिस्पर्धीका लागि यो सेगमेन्ट तयार पारेको हो। यो सेगमेन्ट लोकसेवा परीक्षाका लागि सहयोगीसिद्ध हुन सक्छ ।

आज यो हाम्रो पाँचौँ सेमगेन्ट हो । दसैँ मनाउनुहोस्, अभ्यासलाई पनि निरन्तरता दिनुहोस् । दसैँ यही छ सबैलाई शुभकामना । 

लेखक : तिलाचन सापकोटा

समसामयिक

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्ष

वि.स २०७६ असोज ११ गतेबाट नेपाल क्रिकेट संघका नयाँ अध्यक्षमा चतुरबहादुर चन्द विजय भएका छन् । ५९ जना मतदाता रहेकोमा चन्दले ४४ मत प्राप्त गर्दै जित सुनिश्चत गरेका हुन् । यो निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास गरिएको छ ।

फिफा द बेस्ट अवार्ड, २०१९

उत्कृष्ट पुरुष खेलाडी अर्जेन्टिना बार्सिलोनाका लियोनल मेस्सी सबैभन्दा धेरै ६ पटक पुरस्कृत भएका छन् । अन्य पुरस्कारका विवरणहरु यस प्रकार छन्– 

उत्कृष्ट महिला खेलाडी : मेगन रापिनोई (अमेरिका र रिजन अ)

उत्कृष्ट पुरुष गोलकिपर : अलिसन बेकर (ब्राजिल र लिभरपुल)

उत्कृष्ट महिला गोलकिपर : सरी भभेनेनडाल (नेदरल्यान्डस)

उत्कृष्ट पुरुष प्रशिक्षक : जुर्गेन क्लोप (लिभरपुल)

उत्कृष्ट महिला प्रशिक्षक : जिल इलिस (अमेरिका)

फिफा पुस्कास अवार्ड : डेनियल जोसोरि (हङ्गेरी)

फिफा फ्यान अवार्ड : सिल्भिया ग्रेक्को

फिफा फेयर प्ले अवार्ड : मार्सेलो बाइल्सा र द लिड्स युनाइटेड

तलको नमुनापत्र हल गर्नुहोस् –