काठमाण्डौ । दसैँ पनि सकियो । लोकसेवाअन्तर्गत विभिन्न सरकारी तथा अर्धसरकारी निकायहरुमा लिइने परीक्षाको तयारी गरिरहनुभएका युवा साथीहरु निरन्तर अभ्यासमा हुनुहुन्छ । तिहार पनि आउँदैछ । अझै पनि कति युवा साथीहरु घरठाउँमै हुनुहुन्छ होला । परीक्षाको तयारी पनि चलिरहेकै होला।

यो बेला तपाइँहरुको परीक्षाको अभ्यास गर्ने बानीलाई अझै मजबुत पार्न हामीले निरन्तर लोकसेवा उयोगी सामग्री पस्कँदै आएका छौँ । यसपालि पनि हामीले विशेषगरी समसामयिक घटनाहरुलाई समेट्दै नमुना प्रश्नपत्र प्रस्तुत गरेका छौँ । हल गर्नुहोला ।

- लेखक : तिलाचन सापकोटा

केही महत्वपूर्ण समसामयिक

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालमा

सन् २०१९ अक्टोबर १२ (वि.सं. २०७६ असोज २५) देखि अक्टोबर १३ (वि.सं. २०७६ असोज २६) मा नेपालका घनिष्ट मित्र चिनका महामहिम राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्नुभएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नु भएको हो ।

नोबेल पुरस्कार २०१९

रसायनशास्त्रतर्फ

सन् २०१९ सालको रसायनशास्त्रतर्फको नोबेल पुरस्कर जोन बी. गुडइनफ (जर्मनी), एम. स्ट्रयाले विटिङहाम (बेलायत) र अकिरा योसिन्हो (जापान) ले संयुक्त रुपमा प्राप्त गरेका छन् । लिथियम–आयल ब्याट्री विकास र विस्तार गरेबापत यो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारको राशि ९० लाख स्विस क्रोनर वा करिब १० लाख अमेरिकी डलर रहेको छ ।

शान्तितर्फ

आबी अहमद अलीलाई यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । इथियोपियाका प्रधानमन्त्री रहेका अलीले शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन प्रयत्न गरेबापत यो पुरस्कार प्रदान गरिएको हो । 

भौतिकशास्त्रतर्फ

माइकल मायोर (स्विस), डिडियर क्वुलोेज (स्विस) र जेम्स पिबल्स (अमेरिका) लाई यस वर्षको भौतिकशास्त्र तर्फको नोवेल पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ । आकाशीय पिण्डबारे नयाँ तथ्य पत्ता लगाएबापत यो पुरस्कार प्रदान गरिएको हो ।

चिकित्साशास्त्रतर्फ

विलियम काएलिन (बेलायत), सर पिटर ¥याट्क्लिफ (अमेरिका) रगे्रग सिमेन्जा (अमेरिका) ले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा प्राप्त गरेका छन्  । कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंंगिकार गर्छन् भन्ने कुरा पत्ता लगाएबापत यो पुरस्कार प्रदान गरिएको हो । 

साहित्यतर्फ

यस वर्ष सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार ओल्गा तोकाचुक (पोल्यान्ड) लाई प्रदान गरिएको छ । ‘फ्लाइट’ पुस्तक लेखेबापत सन् २०१८ को साहित्यतर्फको नोवल पुरस्कार उहाँलाई दिइएको हो भने सन् २०१९ को साहित्यतर्फको नोवल पुरस्कार नाट्यकार पिटर हान्क (अष्ट्रिया) लाई प्रदान गरिएको छ । सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गरेकाले हान्कलाई यो पुरस्कार दिइएको हो । 

सबै विधामा पुरस्कारको राशि यो पुरस्कारको राशि ९० लाख स्विस क्रोनर वा करिब १० लाख डलर रहेको छ ।

तलको नमुना प्रश्नपत्र हल गर्नुहोस् –