काठमाण्डौ । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेको सरकारले उपत्यकाको खानेपानीमा रहेको उल्लेख्य चुहावट नियन्त्रण गर्ने अभियानको तयारी गरेको छ ।
काठमाडौं उपत्यकामा हाल वितरण भइरहेको मध्ये दैनिक करिव ५ करोड लिटर पानी चुहिएर खेर गइरहेको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।
मागको तुलनामा निक्कै थोरै आपुर्ति भइरहँदा ठूलो मात्रामा पानी चुहिएर खेर जाने भएपछि काठमाडौंका उपभोक्ता चर्को मारमा परेका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले हाल दैनिक १३ करोड लिडर खानेपानी वितरण गर्दै आएको छ । वितरित पानीमध्ये ४० प्रतिशत चुहिएर खेर जाने गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago