bull market
काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजी चार गुणासम्म वृद्धि गर्नुपर्ने निर्देशन बिमा समितिले जारी गरेपछि त्यसको प्रभाव आइतबारको बजारमा देखिएको छ । चुक्तापूँजी वृद्धिको निर्णयले बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कतिपय कम्पनीको मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाउनुपर्यो भने बिमा कम्पनीकै चमकधमकका कारण समग्र बजार ५ प्रतिशतले उचालिएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट ब्रेकर लगाई आइतबारका लागि कारोबार नै बन्द गर्नुपरेको छ ।
बिमाको बाढीले उचालेको बजारमा अपत्यारिलो ढंगले ८ वाणिज्य बैंकले समेत कमाल गरे । बिमा कम्पनीसँगै विकास बैंक र माइक्रो फाइनान्सको प्रदर्शन समेत उत्साहजनक देखिएको छ ।
बिमामध्ये अधिकांशको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । बिमाको बाढीले उचालेको बजारमा अपत्यारिलो ढंगले ८ वाणिज्य बैंकले समेत कमाल गरेका छन् । आठ वाणिज्य बैंकको सेयर मूल्यमा पनि उच्च वृद्धि भएको छ । बिमाकम्पनीसँगै विकास बैंक र माइक्रो फाइनान्सको प्रदर्शन समेत उत्साहजनक देखिएको छ ।
बिमा कम्पनीको चुक्तापूँजी वृद्धि, स्थानीय निकायको निर्वाचन हुने सुनिश्चितता, विभिन्न अड्को थापेर बसेका मधेशी मोर्चा समेत सहमतिमा आउने र निर्वाचनमा भाग लिने सकारात्मक खबरहरुको प्रभावले समग्र बजार माथि उचालिएको देखिएको छ ।
२ बजेसम्म पनि सुचारु नभएको बजारमा ९४ करोड ३७ लाख बढीको सेयर किनबेच भयो । धेरै कारोबार गर्ने कम्पनीहरुको सूचिमा बिमा कम्पनीले अग्रता लिए भने कमाउनेमा समेत बिमा कम्पनी नै अगाडि देखिए ।
धेरै कारोबार गर्ने कम्पनी
आइतबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्र १४ करोड बढीको कारोबार गर्यो । यस्तै, शिखर इन्स्योरेन्सले ७ करोड ७० लाख, नेपाल बैंक लिमीटेडले ५ करोड २७ लाख, एनसीसी बैंकले ५ करोड १५ लाख, नेपाल इन्स्योरेन्सले ४ करोड ७५ लाख बढीको कारोबार गर्यो । सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान बिमा कम्पनीले, ५ स्थान वाणिज्य बैंक र एक स्थान माइक्रोफाइनान्सले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार ३३ कम्पनीको सेयरधनी मालामाल भए । यीमध्ये ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने २५ कम्पनीको मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्यो । लक्ष्मी लघुवित्त बित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनी, नेपाल ग्रामीण विकास बैंक, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स कर्पोरेसन, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्यमा १० प्रतिशतको उछाल देखियो ।
यस्तै, प्राइम लाइफ इन्स्योेरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, प्रभूू इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, स्वाबलम्बन विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सूूर्य लाइफ इन्स्योरेन्स, प्रभू बैंक, नेरुडे लघुवित्त विकास बैंक, सनराइज बैंक, एनसीसी बैंक, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, आइएलएफसीओ माइक्रो फाइनान्स, छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।
वाणिज्य बंैकहरुमध्ये आइतबार छोटो समयमा सिभिल बैंक र एनएमबी बैंकले ९ प्रतिशत भन्दा बढी प्रतिशतले सम्पत्ति बढाएका छन् । यस्तै, सिद्धार्थ बैंक, माछापुच्छे बैंक, बैंक अफ काठमाण्डूू र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य समेत ८ प्रतिशत भन्दा बढीको दरले वृद्धि भयो ।
यी हुन् अभागी कम्पनी
हराभरा बजारमा ९ कम्पनी भने अभागी साबित भए । सेती फाइनान्सका लगानीकर्ताले ३ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति गुमाउन पुुगे भने ग्लोबल आइएमई समुुन्नत स्कीम १, काबेली विकास बैंक, रिदी हाइडोपावर डेभलपमेन्ट कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, नबील इक्वीटी फण्ड, दिव्यश्वरी हाइडो, तारागाउँ रिजेन्सी होटल र साहारा विकास बैंक पनि गुमाउने कम्पनीमा समेटिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago