काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो ।

 जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरेको थियो ।जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र बस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो ।

जनपुर धाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरक्रियात्मक कार्यक्रमलाई प्रधान सहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले कार्यक्रमस्थलमा अनौपचारिक छलफल तथा महासंघको आगामी नेतृत्व चयनका सम्बन्धमा अनौपचारिक छलफल चलिरहेको छ । केही बेरमा औपचारिक कार्यक्रम आयोजना हुँदैछ ।

नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको छ । चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुहलाई नै आफशनो लोप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धा कार्यक्रमका सहभागिहरुले जनाएका छन् । कार्यक्रममा सहभागि जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समुहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् । 

औपचारिक कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गर्ने कार्यक्रम छ । 
एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुर धाम पुग्न सक्नु भएन । जनकपुरधामको औपचारिक कार्यक्रमको समापन पश्चात प्रधान सहितको समुह बुटवल हुदै काठमाडौँ फर्कने कार्यक्रम छ ।