काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरी सुरु हुन गइरहेको छ। 

११ लाख उत्पादनहरुमा ८०% सम्मको छुट सहित दराजले ११. ११ को पाँचौं संस्करण येही २५ कार्तिक २०७९ (११ नोभेम्बर २०२२)मा सुरु हुने घोषणा गरेको छ। दसैँ धमाका अभियानको सफलता लगायत, दराजले निर्बाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ र यस भित्रको पहिलो पहल भने ग्राहकहरुलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरुसँगको साझेदारी गर्नु कम्पनीको भनाई छ।

बैंक र प्रिपेमेन्ट छुटहरु दराजका वर्षभरिको सबै अभियानहरुको महत्त्वपूर्ण हिस्सा रहेको छ र कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरु अझ ठूलो र राम्रो हुने आश्वासन दिएको छ। ११.११ को लागि दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०% (अधिकतम रु.३०००) छुट प्रदान गर्न नेपालका निम्न अग्रणी बैंकहरुसँग साझेदारी गरेको छ। 

निम्न बैंकका ग्राहकहरुले दराज ११ .११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत १५% (अधिकतम २५००) र क्रेडिट कार्ड मार्फत २०% (अधिकतम ३०००) सम्मको छुट प्राप्त गर्ने छन्। दराज ११.११ अभियानका लागि बैंक साझेदारहरु निम्नानुसार छन्-

  • नबिल बैंक
  •  कुमारी बैंक
  • सानिमा बैंक
  • माछापुच्छ्रे बैंक लिमिटेड
  • एभरेष्ट बैंक
  • सनराइज बैंक
  • मेगा बैंक
  • एनएमबि बैंक
  • सिटिजन्स बैंक
  • नेपाल बैंक
  • एनसीसी बैंक
  • नेपाल एसबीआई बैंक
  • सेन्चुरी बैंक
  • ज्योति विकास बैंक
  • सांग्रिला बैंक
  • सिद्धार्थ बैंक
  • हिमालयन बैंक
  • कामना सेवा बैंक

त्यसैगरी कम्पनीका अनुसार माथि उल्लिखित प्रीपेमेन्ट छुटहरु अभियानको अवधिमा सीमित अवधिका लागिमात्र प्रत्यक्ष हुनेछ। तसर्थ, ग्राहकहरुलाई इ-कमर्स लेनदेनको लागि आफ्नो बैंक कार्डहरु सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरु प्राप्त गर्न अनुरोध गरिन्छ।