काठमाण्डौ । वैदेशिक रोजगार विभागले वाणिज्य बैंकहरुमा ३ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

विभागले धरौटीबापतको उक्त रकम मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको हो। यसअघि मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंकहरुमै रहेको उक्त रकम पुनः १ वर्षका लागि मुद्दति निक्षेका रुपमा लगानी गर्न लागिएको विभागले जनाएको छ। 

इच्छुक वाणिज्य बैंकहरुले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहितको शिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने विभागले जनाएको छ।

यस्तो दरभाउपत्र विभागको वेबसाइटमा डाउनलोड गर्न सकिनेछ भने प्रस्ताव चैत २७ गते दिउँसो ३ बजेसम्म पेस गर्नुपर्नेछ।