No Income
काठमाण्डौ । दोश्रो बजारमा कहिलेकाही चाखलाग्दा घटनाहरु हुन्छन् । बजार तीव्र गतिमा घटिरहेको वा बढिरहेको बेला यस्ता घटना देख्न पाइन्छ । कहिलेकाही नसोचेका कम्पनीहरुले अनपेक्षित रुपमा सम्पत्ति कमाउँछन् भने कतिपयले भने नसोचेको सम्पत्ति केही समयमै गुमाउन पुुग्छन् ।
सोझा लगानीकर्तालाई अत्याएर राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा हडप्नेहरु बजारमा हाबी छन् । त्यस्ता गिरोहहरुको योजनालाई सफल बनाउन अत्तालिएर सेयर बेच्ने कि लाभांश पाउने मुखैमा केही समय धैर्य गरेर आफ्नो लगानी र त्यसबाट प्राप्त प्रतिफललाई सुरक्षित गर्ने, निर्णय लगानीकर्ताकै हातमा छ । बजारमा जत्ति अत्तालियो, उति डूूबिन्छ । जति धैर्य गर्न सक्यो र घटिरहेको बेला जति आफूलाई सम्हाल्न सक्यो, भविष्यमा उसैले मात्र कमाउन सक्छ ।
कसैले ठ्याक्कै प्रक्षेपण गर्न नसक्ने र भविष्यमा के हुन्छ भनेर बताउन नसकिने एउटा रहस्यमय लगानीको प्लेटफर्म हो सेयर बजार । जान्ने र धैर्य गर्नेका लागि स्वर्ग, तर हतार गर्ने, ज्ञान नहुने र हौवाको पछि कुद्नेहरुका लागि दोश्रो बजार नरक बराबर हो । धैर्य गर्ने, बजार तथा कम्पनीको अध्ययन गरी सयपटक सोचेर मात्र लगानी गर्नेहरुले यही ठाउँबाट करोडौ कमाएका छन् । तर, धैर्यता गुमाउनेहरु यही ठाउँबाट धोती न टोपी भएर सडकमा पुुगेका छन् । यहीकारण अचम्मको लगानी प्लेटफर्म सेयरको दोश्रो बजारमा बेला–बेला नयाँ र अनौठा घटना हुन्छन्, आइतबार पनि यस्तै भयो ।
नेपालको सेयर बजारमा वाणिज्य बैंक र बिमा कम्पनीहरुको हिस्सा निकै बलियो छ। यी दुुई समूहको सूचक तथा कारोबार बढ्दा समग्र बजार नै प्रभावित हुन्छ । सायद यहीकारण होला धेरैको ध्यान बैकिङ र बिमा समूहको घटबढमै केन्द्रीत हुन्छ । जानकारहरुका अनुसार नेपालको सेयर बजारमा यी दुवै समूहमा आबद्ध कम्पनीहरुमध्ये कमाईमा अधिकांश निल भएको घटना थोरै मात्र छन्, यस्तै थोरैमा पर्ने घटना आइतबार भयो । अर्थात, आइतबार बजारका बादशाह समूह मानिने वाणिज्य बैंक र बिमा कम्पनीमध्ये कसैले एकपैसा कमाएनन् । भएभरका सबै कम्पनी गुमाउनेको सूचिमा परे ।
‘यो घटना अति दुुुर्लभ चाहि होइन, तर निकै थोरै मात्र हुनेमध्येको घटना हो ।’ एक बजार विश्लेषकले बिजशालासँग भने–‘बजारले रंग फेरिरहँदा यस्ता दुुर्लभ घटना रेकर्ड भइरहन्छन्, जुन स्वभाविक हो ।’
आइतबार नेप्सेमा सूचिकृत सबै २७ वटै वाणिज्य बैंक र सबै बिमा कम्पनीहरुले गुमाए । यो दिन सबैभन्दा बढी सनराइज बैंकले गुमायो । यो कम्पनीको सेयर मूल्य ४.२१ प्रतिशतले घट्यो । एभरेष्ट बैंक, एसबीआई बैंकका लगानीकर्ताले ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए । यस्तै, कुमारी बैंक, एनबी बैंक, लक्ष्मी बैंक, एनएमबी बैंकका सेयरधनीले ३ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाउन पुुगे । यो दिन सबैभन्दा कम प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड र कृषि विकास बैंकका लगानीकर्ताले गुमाए । प्राइमको ०.४७, स्ट्याण्डर्डको सेयर मूल्य ०.६७ र कृषि विकास बैंकको ०.७० प्रतिशतले घट्न पुुग्यो ।
यो दिन सबैभन्दा धेरै गुमाउने बिमा कम्पनीमा राष्ट्रिय बिमा कम्पनी लिमीटेड अग्रस्थानमा आयो । यो कम्पनीको सेयर मूल्य ६.४४ प्रतिशतले घट्यो । यूनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभूू इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सूूर्य लाइफ इन्स्योरेन्सका सेयरधनीले ४ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाउन पुुगे ।
यो दिन सबैभन्दा कम हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्य १.५७ प्रतिशतले घट्न पुुग्यो ।
यसरी बजारलाई नेतृत्व गर्ने समूह कमाईमा निल भइरहँदा नेप्सेको वेबसाइटमा भने हरेक दिनजसो यिनै ठूला कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । लाभांशको घोषणा भइरहेका समूह नै कमाईको मामलामा निल हुने बजारको अहिलेको प्रवृतिलाई समेत धेरैले अनौठो रुपमा हेरेका छन् ।
हिजोआज बजारलाई आफू अनुुकुुल परिचालन गर्ने समूहहरु निकै सक्रिय छन् । सुनियोजित ढंगले बजारलाई घटाउने, सोझा लगानीकर्तालाई अत्याएर राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा हडप्नेहरु बजारमा हाबी छन् । त्यस्ता गिरोहहरुको योजनालाई सफल बनाउन अत्तालिएर सेयर बेच्ने कि लाभांश पाउने मुखैमा केही समय धैर्य गरेर आफ्नो लगानी र त्यसबाट प्राप्त प्रतिफललाई सुरक्षित गर्ने, निर्णय लगानीकर्ताकै हातमा छ । बजारमा जत्ति अत्तालियो, उति डूूबिन्छ । जति धैर्य गर्न सक्यो र घटिरहेको बेला जति आफूलाई सम्हाल्न सक्यो, भविष्यमा उसैले मात्र कमाउन सक्छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago