काठमाण्डौ । वातावरण विभागले देशभरका उद्योगलाई वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको छ।
विभागले आज एक सूचना प्रकाशित गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई उक्त प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। ‘वातावरण संरक्षण ऐन, २०७६को दफा १५ मा वातावरण विभागले नेपाल सरकारले लागू गरेको वातावरणीय मापदण्ड सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्ने तथा वातावारण संरक्षण नियमावली, २०७६को नियम ४५ मा प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक ६ महिनामा स्वःअनुगमन गरी सोको प्रतिवेदन सम्बन्धित निकाय वा विभागमा पेस गर्नुपर्ने व्यवस्था छ’, सूचनामा भनिएको छ, ‘तर, कतिपय उद्योग, प्रतिष्ठान एवं आयोजनाले यस्तो प्रतिवेदन बुझाएको पाइँदैन। यसमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’
विभागले कानुनअनुसार स्वःअध्ययन प्रतिवेदन बुझाउनुपर्ने भनी तोकिएका सबै उद्योग, प्रतिष्ठान र आयोजनाहरुलाई यस्तो प्रतिवेदन बुझाउन ताकेता गरेको हो।
वातावरण संरक्षण नियमावलीको नियम ४५ अनुसार यस्तो प्रतिवेदन नबुझाए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ।

2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19