काठमाण्डौ । उच्च आईभीएफ सफलता दरका साथ निःसन्तानसम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफले नयाँ वर्षको अवसर पार्दै भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

एक विधिवत कार्यक्रम गर्दै नयाँ वर्षबाट सञ्चालनमा ल्याइएको यस क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा बसोबास गर्ने दम्पतीलाई सहजता प्रदान गर्ने विश्वास कार्याकारी निर्देशक प्रशान्त सुवेदीले लिएका छन्। ‘विभिन्न वर्गबाट सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा निःसन्तान दम्पतीका लागि सहुलियतको माग भइरहेको तथ्यलाई ध्यानमा राख्दै नयाँ वर्षमा नयाँ शाखा सञ्चालनको अवसर पारेर हामीले सीमित समयका लागि अल्ट्रासाउन्ड र आईयूआई निःशुल्क प्रदान गर्दैछौँ’, उनले भने। 

सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतीका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आईयूआईमार्फत सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्ने क्लिनिकले जनाएको छ। 

यस शाखामार्फत निःसन्तानसम्बन्धी विभिन्न सेवा प्राप्त गर्न सकिनेछ। जस्तै–

  • सन्तान नहुने समस्यासम्बन्धी परामर्श 
  • कारण पहिचानका लागि विभिन्न परीक्षण 
  • आईयूआई
  • गर्भावास्था बेलाको जाँच र परामर्श