काठमाण्डौ । सत्तरी प्रतिशतसम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको तथा सहयोगी प्रजनन उपचार विधिमा अग्र वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ सहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

निःसन्तानसम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् समबन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने उद्देश्यले देशका विभिन्न पोखरा, बिर्तामोड, नेपालगन्ज र जनकपुरमा एक–एक दिनको शिविर सञ्चालन गर्ने भएको हो। ती शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहनेछ।

शिविरमा सेवाग्राहीले आफ्नो प्रजनन् अवस्थासम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचारविधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्णपरीक्षणपश्चात आईभी नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको क्लिनिकले जनाएको छ। 

शिविर तालिका

  • पुस ३ गते (शनिबार) – मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा
  • पुस १० गते (शनिबार) – निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापा
  • पुस १७ गते (शनिबार) – वात्सल्य हेल्थकेयर, नेपालगन्ज शाखा, बीटीएस चौक, नेपालगन्ज, नर्सिङहोमअगाडि
  • पुस २४ गते (शनिबार) – प्रदीप क्लिनिक, हस्पिटल रोड– वडा नं. ६, जनकपुर, जनकपुर प्रादेशिक अस्पतालको अगाडि

समय : बिहान १० बजेदेखि

नाम दर्ताका लागि सम्पर्क : ९८०१८२३४०१/९८०२३२०९९१