काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको वैदेशिक व्यापारमा बढ्दै गइरहेको व्यापार घाटालाई न्यून गर्न विकास साझेदार संस्थाहरुले ऊर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
चेम्बरमा आज आईएमएफका एसिया प्यासिफिक विभागका प्रमुख रवर्ट ग्रेगोरीको नेतृत्वको प्रतिनिधिमण्डल र चेम्बरका पदाधिकारीबीच भएको अन्तरक्र्रियामा मल्लले यस्तो धारणा राखेका हुन्। उनले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको बताए।
अध्यक्ष मल्लले कोभिड(१९को प्रकोपको सन्दर्भमा आईएमएफले प्रदान गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै कृषिलाई प्राथिमिकता दिन फुड बैंकको व्यवस्था हुनुपर्ने र दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर हुनुपर्नेमा जोड दिए। यसका साथसाथै साना तथा मझौला उद्यमलाई आईएमएफजस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनुपर्ने उनले बताए।
आईएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाका लागि विदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताए। उनले कोभिड नियन्त्रणका लागि गरिएको प्रयाशको प्रशंसा गर्दै कोभिड प्रकोपपश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको विद्यमान परिस्थितिले व्यावसायिक क्षेत्रमा सिर्जना भएका विविध चुनौतीहरुबारे जिज्ञासा राखेका थिए।
उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ तथा सुरेन्द्रकुमार श्रेष्ठको पनि उपस्थिति थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19