काठमाण्डौ । पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन्।

सिंह ४६ हजार २१५ मत ल्याउँदै मेयरमा विजयी भएका हुन्। उनले नेकपा एमाले–लोसपा गठबन्धनका साझा उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार पाँच सय ४४ मतान्तरले पराजित गरेका छन्। सरावगीले जम्मा २३ हजार ६७१ मतमात्रै ल्याएका छन्।

२०७४ मा सरावगी जसपाबाट मेयर निर्वाचित भएका थिए। उनी जसपा छाडेर एमालेमा प्रवेश गर्दै यसपालि पनि मेयर उम्मेदवार भएका थिए।

२०७४ मा सिंह सरावगीसँग मेयरमा पराजित भएका थिए।

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए। उनले ३० हजार ७८ मत ल्याएका छन्।

उपमेयरमा एमाले–लोसपा गठबन्धन उम्मेदवार पुरुषोत्तम लाल झाले ९ हजार ५६८ मत ल्याएका छन्।