काठमाण्डौ । विज्ञापन बोर्डले विज्ञापन व्यवसायमा संलग्न जनशक्तिका लागि क्षमता विकाससम्बन्धी दुईदिने कार्यक्रम आयोजना गरेको छ।

विज्ञापन बोर्डले काठमाण्डौमा आज वैशाख १६ गतेदेखि कार्यक्रम आयोजना गरेको छ। भोलि वैशाख १७ गतेसम्म चल्ने कार्यक्रममा विभिन्न विज्ञापन एजेन्सी तथा मूलधारका आमसञ्चार माध्यमका बजार व्यवस्थापनमा कार्यरत करिब ६५ जना जनशक्तिको सहभागिता रहेको छ। 

विज्ञापन बोर्डले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, विज्ञापन बोर्डको कार्यक्षेत्र, विज्ञापनको आचारसंहिता, विज्ञापनमा सिर्जनात्मक विधि, विज्ञापनमा लैंगिक पक्ष ब्रान्डिङ, विज्ञापनको अवधारणा र विकास, विज्ञापनमा अनुसन्धान पक्ष, विज्ञापनमा योजना र सम्प्रेषण, विज्ञापन बजारको चुनौती र विज्ञापनको अनुसन्धानलगायतका विषयमा विज्ञहरुले प्रस्तुति गर्नेछन्।