काठमाण्डौ । नेपाल विज्ञान संघ (आन)का अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डलाई मन्त्रालयको शाखा नबनाई स्वायत्त अधिकार सम्पन्न सरकारी निकाय बनाउन आग्रह गरेका छ। 

विज्ञापन संघको मंगलबार सम्पन्न २३ औँ वार्षिक साधारणसभामा अध्यक्ष धितालले यस्तो आग्रह गरेका हुन्। उनले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुकासभालाई जानकारी गराउँदै सभाका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि सचिव डा बैकुण्ठ अर्याललाई समस्या समाधानमा विशेष पहल गरिदिन आग्रह गरे। 

सभामा संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसायसम्बन्धी समस्या, चुनौती र समाधानको विषयमा उजागर गर्दै विज्ञापन बजार साँघुरिएकाले नेपाली विज्ञापन व्यवसायीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहल गर्न बोर्ड मन्त्रालयबाट सहयोग आवश्यक रहेका बताए। 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डबाट काम भइरहेको र धैर्य गर्न आग्रह गरे। उनले सम्पूर्ण एजेन्सी तथा मिडियालाई बोर्डमा सूचीकृत हुन आग्रह गरे। 

सञ्चार तथा सूचना प्रविधि सचिव अर्यालले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए। यसका साथै एजेन्सीहरुले क्षमता अभिवृद्धिमा जोड दिन विशेषज्ञता बढाउन पहल गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा विशेष अतिथिका रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र अतिथिमा संघका पूर्वअध्यक्ष तथा पदाधिकारी, विज्ञापन बोर्डका प्रतिनिधि र विभिन्न संघसंस्था तथा सरकारी निकायका पदाधिकारीको उपस्थिति थियो ।  

कार्यक्रममा विज्ञापन क्षेत्रमा निरन्तर पुर्याएको योगदानको कदर गर्दै विज्ञापनदातातर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डाबर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डस्ट्री, एनआईसी एसिया बैक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  विज्ञापन एजेन्सीतर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई कार्यक्रमका प्रमुख अतिथि सचिव अर्याल र संघका अध्यक्ष धिताल संयुक्त रुपमा सम्मानित सस्थाका प्रतिनिधिहरुलाई अवार्डसबाट सम्मान गरेका थिए।