काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन आज पुस १२ गते अन्तिम दिन रहेको छ भने स्थानीयका लागि म्याद थप गरिएको छ। ले आज मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।

गत मंसिर २७ गते कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउँछन्। स्थानीयले भने अब अब पुस १९ गतेसम्म आवेदन दिन पाउनेछन्। 

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ४० लाख कित्ता आईपीओ जारी गरिएको छ। 

त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्। 

यो आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम वडा नं. १० तथा सूर्योद य नगरपालिका–११ का बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता (४० प्रतिशत) र  आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता छुट्याइएको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। 

स्थानीयले भने इलामस्थित एनएमबि बैंक, लक्ष्मी बैंकको माइजोगीमाई शाखा, प्राइम बैंकको बिब्ल्याँटे शाखा र ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।