काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला शुभम पावर लिमिटेडको आईपीओ भर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ५८ लाख ५ हजार ८०० रुपैयाँबराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गरेको हो। 

वैदेशिक रोजगारीमा गएकाहरुले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।