काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।
संस्थाले वैदेशिक रोजगारीमा रहेकालाई यही माघ १६ गतेदेखि र सर्वसाधारणलाई फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ।
संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ बिक्री खुला गर्नेछमा जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिनेछ।
यसैगरी जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा आउँदो फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन्। सर्वसाधारणले भने फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो आईपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्। यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19