काठमाण्डौ । विदेशमा रहेका नेपालीले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ भर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ। मागबमोजिम आवेदन नपरेकोले स्थानीयका लागि भने आवेदन दिने म्याद माघ २६ गतेसम्म थप गरिएको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गरेको छ।
यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता निष्कासन गरेको छ।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ १९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले इलामस्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago