काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकलले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज (मा २९ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले गष्त माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने र स्थानीयका लागि भने फागुन १५ गतेसम्म आवेदन दिन म्याद थप गरिएको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता निष्कासन गरेको छ।
यसैगरी कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री खुला गरेको छ। यसमा आयोजनाबाट अतिप्रभावित दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ २९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले भने छिटोमा माघ २९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन १५ गतेसम्म बिक्री खुला गरिनेछ।
स्थानीयले दोलखास्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, दोलखास्थित सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, माथिल्ला सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाण्डौस्थित प्रभु क्यापिटल, लक्ष्मी बैंकको चरिकोट तथा सुनखानी शाखामा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago